Nepse
काठमाण्डौ । अस्वभाविक रुपमा बुलिस यात्रा तय गर्दै दिनहुँ उकालो चढिरहेको पूँजीबजारमा यो साताको पहिलो कारोबार दिन ब्याक गियर लागेको छ ।
सरकारका विभिन्न निकायले पूँजीबजारमा कालोधन लगानी भइरहेको आशंकामा छानबिन थाल्ने भन्ने योजना सार्वजनिक भएपछि र नेपाल धितोपत्र बोर्डले समेत सम्हालिएर लगानी गर्न भन्दै लगानीकर्तालाई तेश्रो पटक सचेत गराएपछि त्यसको असर बजारमा परेको हो ।
आइतबार पूँजीबजार परिसूचक(नेप्से) १०.६७ अंकले गिरावट आउँदै १६२२.२७ अंकमा झरेको हो । अघिल्लो हप्ताका प्रत्येक कारोबार दिन बुम भएको बिमाको सूचक १५५.०२ अंकले घटेको छ भने वाणिज्य बैंक र विकास बैंक समूह पनि क्रमशः १०.६६ र ४.९३ अंकले ओरालो लागेको छ । जलविद्युत समूहको सूचकमा पनि १९.८८ अंकले गिरावट आयो । बाँकी सबै समूहको सूचक उकालो लाग्यो ।
अन्य समूह ९.३९ अंकले उक्लियो भने होटल, उत्पादनमूलक र बित्त समूह क्रमशः ५, ४.०९ र २.८५ अंकले उक्लिए । आइतबार सेन्सेटिभ र फ्लोट इण्डेक्स पनि क्रमशः २.६४ र ०.९२ अंकले तल झरे ।
आइतबार कारोबार रकम पनि अघिल्लो साताको अन्तिम दिनको भन्दा कम भयो । अघिल्लो साताको पछिल्ला प्रत्येक दिन २ अर्ब माथि कारोबार भए पनि आइतबार १ अर्ब ६५ करोड ६५ लाख बराबरको सेयर मात्र किनबेच भयो । १ सय ३७ कम्पनीका १९ लाख ३१ हजार सेयरको कारोबार भएको थियो ।
शिखर इन्स्योरेन्सको संस्थापक सेयर मात्रै १० करोड ८० लाख बराबरको कारोबार भयो । गुराँस लाइफ इन्स्योरेन्सको ७ करोड ५७ लाखको कारोबार भयो भने शिखर इन्स्योरेन्सको ६ करोड ६७ लाख साधारण सेयर किनबेच भयो । यसैगरी, राष्टिय विमा कम्पनी लिमीटेडको ५ करोड ५३ लाख मूल्यको प्रमोटर सेयर किनबेच भयो । प्रिमियर इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सले समेत ५ करोड भन्दा बढीको कारोबार गरे ।
आइतबार धेरै कारोबार गर्ने उत्कृष्ट १० को सबै सूचिमा बिमा कम्पनी कब्जा जम्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago