काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि आईपीओ ल्याउने विषयलाई प्राथमिकताका साथ राखेको छ।
नेप्सेले हालै तयार गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आईपीओ जारी गर्ने योजनालाई प्राथमिकतामा राखेको हो। आईपीओ जारी गर्ने कुरा लामो समयदेखि उठ्दै आएपछि यो मुद्दालाई नेप्सेले वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राख्दै आएको छ।
चालु आर्थिक वर्षमै अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त गरी डीडीए तथा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
यसैगरी नेप्सेको नीति तथा कार्यक्रममा प्रविधि विस्तार र स्तरोन्नतिका विषयलाई पनि प्राथमिकतामा राखिएको छ। नेप्सेले चालु आर्थिक वर्षमा नयाँ डाटा सेन्टर निर्माण गर्ने तथा हाल डाटा सेन्टरमा प्रयोग भइरहेको उपकरण ‘डीआर साइट’मा लैजाने प्रक्रिया सुरु गर्ने उल्लेख छ। यसका साथै चालु आर्थिक वर्षमै नेप्सेले अन्तर्राष्ट्रियस्तरको ‘टेस्टेड अनलाइन ट्रेडिङ सफ्टवेयर’ खरिद गर्नेछ।
त्यस्तै सदस्यता तथा सुरिवेक्षण विनियमावली तर्जुमा गरी लागू गर्ने, सुपरिवेक्षणका लागि आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको उपयोग गर्ने र नेप्सेको पावर सिस्टमको स्तरोन्नति गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरिएका छन्।
नेप्सेको नीति तथा कार्यक्रममा इन्ट्रा–डे तथा ओटीसी बजार विस्तारसम्बन्धी अध्ययन गर्ने अगाडि बढाइने उल्लेख छ। ओटीसी बजार विनियमावली, कर्मचारी विनियमावली, आर्थिक प्रशासनिक विनयमावलीको पनि संशोधन तथा परिमार्जन गर्ने नीति पनि नेप्सेले लिएको छ।
यसैगरी जोखिम व्यवस्थापन तथा सम्पत्ति दायित्वसम्बन्धी कार्यविधि २०७६ संशोधन गर्ने, एसएमइ प्लेटफर्म सञ्चालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्नेजस्ता विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएका छन्।
अन्य नियामक निकायहरुले जस्तै नेप्सेले आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैन। नेप्सेले वार्षिक नीति तथा कार्यक्रम आफ्नो वेबसाइटमा पनि राखेको छैन। ‘हामीले कार्यक्रम नै गरी वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैनौँ, वेबसाइटमा पनि राख्दैनौँ’, नेप्सेका एक अधिकारीले भने, ‘नेप्सेको कार्यालयमै आएर नीति तथा कार्यक्रम लैजान सकिन्छ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19