काठमाण्डौ ।  आज बजार दिनभर नै घटेर काराबोर भयो । कारोबारको अन्तमा ३३ अंकले घटेर बजार बन्द भयो । 

प्राविधिक रुपमा आज बजारमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गरमार्फत हेर्दा आज बजार मध्यब्यान्डबाट पनि तल खसेको छ (हेर्नुहोस कालो एरो)। यसले घट्दो बजारतर्फ नै संकेत गर्छ । 

यसअघिको बलियो सपोर्ट बजारले १९६० मा लिएको थियो । यदि आगामी कारोबारमा बजार योभन्दा पनि तल आउँछ भने तल्लो ब्याण्ड करिब १९३३ सम्म आउनसक्छ । 

बजारलाई म्याक्डीमार्फत हेर्दा बुलिस क्रसओभर भ्यालिड नै रहेता पनि फिक्का र छोटा छोटा हुँदै गएका छन् । 

आरएसआई पनि घट्दो क्रममा ४४ को विन्दुमा रहेको छ । मनी फ्लो इन्डेक्सबाट पनि बजारमा खासै सुधार रहेको देखिन्न । 

समग्रम चारवटै इण्डिकेटरबाट बजारलाई हेर्दा बिक्री दवाब रहेको देखिन्छ । 

(नोट: सेयरबजारमा लगानी जोखिमपूर्ण हुन्छ । यस्ता विश्लेषण कुनै कारोबारको सिफारिसको रुपमा लिनुहुन्न।)