काठमाण्डौ । सबैलाई थाहा छ आज पुस ४ गते सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

उधौली पर्व तथा योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। देशभर सम्बन्धित समुदायका लागि र काठमाण्डौ उपत्यकामा सबैलाई सार्वजनिक बिदा दिइएको गृहले निकालेको सूचनामा उल्लेख छ।

उपत्यकामा सार्वजनि बिदा दिएसँगै नेपालको सेयर बजार पनि आज बन्द नै रहेको छ। तर बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटले भने बजार खुलै रहेको संकेत गरिरहेको छ। यद्यपि सूचकहरु भने फेरबदल भएका छैनन् किनकि आज सार्वजनिक बिदा भएकोले कारोबार भएको छैन। 

त्यसो त नेप्सेको नयाँ वेबसाइटले भने आज बजार बन्द नै रहेको संकेत गरेको छ। 

पटकपटक नेप्सेको प्रविधिमार्फत प्रश्न उठ्ने गरेका छन्। यद्यपि त्यहाँका अधिकारीहरुले भने प्राविधिक त्रुटिका कारण यस्तो हुने गरेको बताउँदै आएका छन्।