 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सानिमा लार्ज क्याप फन्ड सूचीकरण भएको छ।
नेप्सेमा यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित मूल्य भएका १२ करोड इकाइ सूचीकृत भएका छन्। नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट धितोपत्र कारोबारमा आउने भएकोले सानिमा लार्ज क्याप फन्डको कारोबार पनि मंगलबार खुला हुने भएको छ।
यो फन्डका इकाइहरु गत माघ ९ गतेदेखि १५ गतेसम्म बिक्री खुलाइएको थियो। यो फन्डका अंकित मूल्य १० रुपैयाँ कुल १० कराड इकाइको बिक्री खुलाइएको थियो। तर निष्कासन अवधिभित्र मागभन्दा अधिक इकाइ खरिदका लागि आवेदन पर्न आएकाल प्रचलित कानुनबमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरी कुल १२ करोड इकाइ बिक्री गरिएको थियो।
सानिमा क्यापिटलका अनुसार कुल १२ करोड इकाइमध्ये बीज पुँजीका रुपमा १६.१६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८८ हजार ९४० इकाइ कोष प्रबद्र्धक सानिमा बैंक तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई बाँडफाँड गरिएको थियो भने बाँकी १० करोड ६ लाख ११ हजार ६० इकाइ रितपूर्वक आवेदकहरुलाई माग गरेबमाजिम बाँडफाँड गरिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19