काठमाण्डौ । सेयर लगानीकर्ताहरुले बुधबार नेपाल स्टक एक्सचेञ्ज घेर्दै प्रदर्शन र विरोधसभा आयोजना गरे ।
बिहान १० बजे नै भेला भएका उनीहरुले हात हातमा प्लेकार्ड बोकी आफ्ना ६ बुँदे मागसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा निकै ठूलो सहभागिता थियो । सेयर लगानीकर्ता संघको २ दिनअघि बसेको बैठकले बुधबारदेखि आन्दोलन थाल्ने घोषणा गरे बमोजिम प्रदर्शन भएको हो ।
उनीहरुले नेप्सेमा २ घण्टा धर्ना तथा प्रदर्शन गरेका थिए । पछिल्लो समय बजारमा दिनहुँजसो पहिरो गएपछि अर्बौ गुमाइसकेका लगानीकर्ताहरु निकै आक्रोशित देखिन्थे । अगुवाहरुलाई लगानीकर्ता नियन्त्रण गर्न निकै हम्मे परेको देखिन्थ्यो । उनीहरु नेप्सेका अधिकारीप्रति बढी आक्रोशित देखिन्थे ।
सेयर लगानीकर्ता संघका अनुसार बुधबारको झै प्रदर्शन र विरोधसभा बिहीबार नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा आयोजना हुनेछ । सेयर लगानीकर्ताहरुले आफ्ना ६ बुँदे मागको विषयमा स्पष्ट कुरा राख्न नियामकलाई आउँदो आइतबारसम्मको अल्टिमेटम समेत दिएका छन् । सो मितिसम्म पनि आफूहरुको उठाएका मागको बिषयमा सुनुुवाईको प्रतिबद्धता नआए दोश्रो चरणमा कडा आन्दोलन सुरु हुने संघका महासचिव नवराज सुवेदीले बताए ।
''त्यसबेला लगानीकर्ताहरुले बजार नै बहिस्कारसम्मका विरोध कार्यक्रम ल्याउन सक्छन् ।''- उनले भने ।
संघले कारोबारमा स्वचालित अनलाइन प्रणाली लागूू हुनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिइनुपर्ने, ब्रोकरहरुको संख्या थपका लागि शाखा बिस्तार हुनुपर्ने लगायत ६ बुँदे माग राखी आन्दोलन थालेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago