काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ। 

स्वावलम्बन लघुवित्तको १७ लाख ९१ हजार ७०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।