काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कृषि विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ। 

नेप्सेमा बैंकको ‘कृषि ऋणपत्र’ सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख ७३ हजार २५ इकाइ सूचीकृत भएको छ। 

यो ऋणपत्र ९ वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक ४ प्रतिशत ब्याज पाउँछन्।