काठमाण्डौ । नेपाल एसबिआई बैंकको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
नेप्सेमा नेपाल एसबिआई बैंकको ‘१०.२५% नेपाल एसबिआई बैंक ऋणपत्र–२०८३’ सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख १ हजार ४८२ इकाइ सूचीकृत भएको छ।
बैंकले यो ऋणपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरेको थियो।
यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19