काठमाण्डौ । कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
नेप्सेमा कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।
कुमारी बैंकले गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म यो ऋणपत्र बिक्री गरेको थियो। कुल ३ अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिएको थियो। यो ऋणपत्रको बाँडफाँड भने गत असोज ७ गते गरिएको थियो।
कुमारी बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउँछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago