काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सरकारको दुईवटा विकास ऋणपत्र सूचीकृत भएका छन्।

नेप्सेमा नेपाल सरकारको विकास ऋणपत्रहरु २०८४ ‘झ’ र २०८४ ‘ञ’ सूचीकृत भएको हो। विकास ऋणपत्र २०८४ ‘झ’ ५ वर्षे अवधिको हो। यो ८ अर्ब रुपैयाँको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९.५ प्रतिशत ब्याज पाउँछन्। गत माघ १८ गते निष्कासन भएको यो ऋणपत्र २०८४ माघ १८ साँवा भुक्तानी हुनेछ। 

त्यस्तै अर्को विकास ऋणपत्र २०८४ ‘ञ’ ५ वर्षे अवधिकै ऋणपत्र हो। यो ७ अर्ब रुपैयाँको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.९८ प्रतिशत ब्याज पाउँछन्। गत माघ २५ गते निष्कासन भएको यो ऋणपत्र २०८४ माघ २५ साँवा भुक्तानी हुनेछ।