काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साबिक बैंक अफ काठमाण्डूको १ अर्ब १० करोड रुपैयाँको ऋणपत्र सूचीकृत भएको छ। 

नेप्सेमा बैंक आफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)को १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ भएको ‘बीओके डिबेन्चर–२०८६ (क)’ सूचीकृत भएको हो।

केही समयपहिले बीओकेले एनआईबिएल एस क्यापिटलमार्फ यो ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको थियो।

यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउँछन्।