काठमाण्डौ । साबिकको सेञ्चुरी कमर्सियल बैंकको सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आजको निर्णयअनुसार साबिकको सेञ्चुरी कमर्सियल बैंकको प्रभु बैंकको नाममा सूचीकृत भएको हो।
सेञ्चुरीको १०० अंकित दरका कुल १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर प्रभु बैंकको नाममा सूचीकृत भएको छ।
प्रभु बैंकले सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको थियो। प्राप्ति प्रक्रिया पूरा गरी गत पुस २६ गतेबाट प्रभु बैंकले एकीकृत कारोबार गरेको थियो।
सेञ्चुरीलाई प्राप्ति गरेपछि प्रभु बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ र चुक्तापुँजी २३ अर्ब रुपैयाँ बढी पुगेको छ। बैंकको कुल निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ बढी र कुल ऋण २ खर्ब ५३ अर्ब रुपैयाँ बढी पुगेको छ।
सेञ्चुरीलाई गाभनेपछि प्रभु बैंकको ग्राहक संख्या ३० लाख बढी, शाखा सञ्जाल ३६५, एटीएम ३०९ र एक्सटेन्सन काउन्टर ७२ पुगेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago