काठमाण्डौ । नेप्सेमा तीनवटा सूचीकृत कम्पनीको ३९ लाख ४९ हजार २७१ कित्ता सेयर सूचीकृत भएको छ । 

महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको ३९ लाख ४९ हजार २७१.२३ कित्ता नयाँ सेयर नेप्सेमा थपिएको हो । 

महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यो बैंकले आफ्नो २१ औं वार्षिक साधारणसभा गत पुस २९ गते सम्पन्न गरेको थियो । सभाले आर्थिक वर्ष २०७८-७९ का लागि ६.४७ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको थियो । कम्पनीको चुक्तापूँजी ४ अर्ब १ करोड थियो । पारित भएको तिनै बोनस सेयरहरु नेप्सेमा सूचीकृत भएका हुन् । 

यसैगरी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले पनि आफ्नो ५ औं वार्षिक साधारणसभा गत माघ २६ गते सम्पन्न गरेको थियो । सभाले आर्थिक वर्ष २०७७-७८ को सञ्चित नाफाबाट सेयरधनीलाई सोबेला कायम चुक्तापूँजी २ अर्ब १५ करोडको ८.९७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावअनुसार यो कम्पनीको कुल १९ लाख २८ हजार ५५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

यस्तै, नेप्सेमा पोखरा फाइनान्स लिमीटेडको ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । यो कम्पनीले गत पुस ३० गते २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । सो सभाले ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो । तिनै बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् ।