काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीबार सिर्जना फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचीकृत गरेको छ ।

नेप्सेले सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो ।

फाइनान्सले गत माघ २ गतेदेखि चुक्तापुँजीको ६० प्रतिशतले हुन आउने मूल्यबराबरको हकप्रद सेयर बिक्री खुलाएको थियो ।

सोही समयमा बिक्री भएको फाइनान्सको हकप्रद सेयर सेप्सेमा सूचीकृत भएको हो ।