काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईवटा विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका छन्। 

नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका हुन्। महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ सूचीकृत भएका छन्। 

महालक्ष्मीको १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।

यसैगरी लुम्बिनीको १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। यो पनि १० वर्षे अवधिको ऋणपत्र हो। यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।