काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ।
नेप्सेमा एसबीआई बैंकको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १४ लाख १८ हजार ३६६ इकाइ सूचीकृत भएका छन्।
यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।
यो ऋणपत्रलाई नेप्सेले ‘एसबीआईडी८९’ कारोबार संकेत प्रदान गरेको छ। भोलिदेखि यो ऋणपत्र कारोबारमा आउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19