काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर कारोबारका लागि सूचीकृत भएका छन् । 

यी दुई कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । 

माण्डू हाइड्रोले पहिलो कारोबारका लागि न्यूनतम १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँको रेञ्ज पाएको छ । 

यो कम्पनीले कारोबारका लागि माण्डू(MANDU) सिम्बोल पाएको छ । यो कम्पनीको कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर सूचीकृत भएको हो । 

यो कम्पनीको सेयर कारोबार दोश्रो बजारमा भोलि(बुधबार)देखि हुनेछ । 

यसैगरी, हाथवे इन्भेष्टमेन्टले दोश्रो बजारमा कारोबारका लागि न्यूनतम ९५.०९ देखि अधिकतम रु. २८५.२७ रुपैयाँको ओपनिङ रेञ्ज पाएको छ । 

यो कम्पनीले ५० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो । तिनै कित्ता सूचीकरणको सम्झौता भएको हो । यो कम्पनीको सेयर पनि भोलिदेखि नै कारोबारमा आउनेछ । यो कम्पनीको दोश्रो बजारमा हाथी(HATHY) सिम्बोलबाट कारोबार हुनेछ ।