काठमाण्डौ । आज सेयर बजारमा सर्किटमाथि सर्किट लागिरहेको छ । 

कारोबार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेका कारण १५ मिनेट कारोबार स्थगन गरिएको थियो । 

त्यसपछि खुलेको बजार पुनः उछालको गतिमा बढ्न थाल्यो । फलस्वरुप बजार पुनः खुलेको ७ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः अर्को सर्किट लगाइएको छ । 

दोश्रो सर्किट लगाएपछि नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगन गरेको छ । 

त्यसपछि पुनः बजार खुल्नेछ। पुनः बजार ६ प्रतिशतले बढ्यो भने आजका लागि सम्पूर्ण कारोबार स्थगन हुने नियम छ । 

बजार घटेको दुई वर्षपछि दोस्रो बजारमा सर्किट लागेको लगानीकर्ताहरुले बताएका छन् ।