काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार ३६.५७ अंकले बढेर २ हजार ५९.४९ को विन्दुमा बन्द भएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२७ अंकले बढेर ३७७.२८ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये ३०९ वटा कम्पनीका १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारको विषयमा बजार जानकार अजय सिंह थापा(जयसम्भु) भन्छन्, ‘आज बजार राम्रै अंकले बढेको छ, यसलाई सकारात्मक रुपमा लिन सकिन्छ,आइतबार मात्रै नेपाल बीमा प्राधिकरणको सेयरमा १५ प्रतिशत लगानी गर्न पाउने निर्णयले आज सेयर बजार बढेको हो ।यसले गर्दा संस्थागत लगानीकर्ताहरु पनि बजार प्रवेश गर्न सहज भएको छ ।’ 

 

उनले थप्दै भने, ‘बीमा कम्पनीका सेयरको भाउ पनि बढेर जाने देखिन्छ ।प्राविधिक रुपमा हेर्दा खेरि बजारले बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको छ ।इलियटको वेभ ४ को ०.३८ प्रतिशत करेक्सन भएर बजार फर्किएको छ। यसका कारण बजार वेभ ५ चल्दै गरेको र बजार लगभग २ हजार ३०० विन्दुसम्म पुग्न सक्ने सम्भाबना छ ।’
अर्का बजार जानकार एवं नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष  राजन लम्साल पनि आज बजार बढ्नुमा  पुस मसान्तको प्रभाव सकिएको, तरल उच्च रहेको र ब्याजदर अझै घट्ने सम्भाबना नै प्रमुख कारण भएको बताउँछन् ।

उनी भन्छन्, ‘धेरै दिन बजार घटेको कारण पनि आज बजार बढेको हो ।’
आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमध्ये म्युचुअफ फन्ड बाहेक सबै समूहमा हरियाली छ ।

 

यो दिन  सबैभन्दा बढी जीवन बीमा समूह बढेको छ । यो समूह ३.७२ प्रतिशतले  बढेको छ ।यसैगरी, यो दिन हाइड्रोपावर समूह २.८१ प्रतिशतले घटेको छ ।

यो दिन लगानी समूह २.६१ प्रतिशतले घटेको छ ।त्यस्तै, अन्य समूह  २.५७ प्रतिशतले घटेको  छ। यसैगरी, म्युचुअल फन्ड समूह ०.०१ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ । कम्पनीको २१ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यसैगरी, माउन्टेन इनर्जि लिमिटेडको १९ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 

तेस्रोमा हाथवे इन्भेष्टमेन्ट नेपालको १६ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको  छ ।

यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट फन्डको १४ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन १० ओटा अलग अलग कम्पनीको सेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ ।

यो दिन तेह्रथुम पावर कम्पनी, मोदी इनर्जि,त्रिशुल जलविद्युत् कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, सिंगटी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स, तेह्रथुप पावर कम्पनी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था, सामलिङ पावर, कालिका पावर कम्पनी को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

यसैगरी, यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.४६ प्रतिशतले घटेको छ ।

त्यस्तै प्रभु स्मार्ट फन्डको इकाई ३.७१ प्रतिशतले घटेको छ ।