काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजारमा तीव्र गिरावटसँगै नेगेटिभ सर्किट लागेको छ । 

मध्यान्ह १२ः४६ बजेसम्ममा नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार निलम्बन गर्दै नेगेटिभ सर्किट लगाएको हो । 

नेगेटिभ सर्किट लागेसँगै बजारको कारोबार ४० मिनेटका लागि निलम्बनमा परेको छ । 

कारोबार सुरु भएदेखि नै घट्न थालेको बजारमा नेप्से परिसूचक ७९.५७ अंकले घटेर १५११.७९ को विन्दूमा सीमित बन्न पुगेको हो । 

यो बेलासम्म नेप्सेका सबै समूहका उपसूचकमा पहिरो गइसकेको छ।

सबैभन्दा बढी निर्जीवन बिमा समूहमा ६.६८ प्रतिशतको गिरावट आएको छ भने जीवन बिमा समूहमा ५.९३ प्रतिशतको पहिरो गएको छ । 

बैंकिङ समूह ५.४२ प्रतिशतले घटिसकेको यो बेलासम्म व्यापार समूह २.६९ प्रतिशत, होटल समूह ४ प्रतिशत, विकास बैंक समूह ३.९८ प्रतिशत, जलविद्युत समूह ३.६३ प्रतिशत, बित्त समूह २.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.३५, अन्य समूह ३.७७ प्रतिशत, माइक्रो फाइनान्स समूह ४.५६ प्रतिशत र म्युचुअल फण्ड समूह १.७४ प्रतिशतले घटिसकेको छ । 

यो बेलासम्म करिब २ अर्बको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेको सूचिमा नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, एनएमबी बैंक, प्रभू बैंक, ग्लोबल आइएमई बैंक, नवील बैंक, नेपाल बैंक, हिमालयन डिस्टीलरी, नागरिक लगानीकोष र एभरेष्ट बैंक अगाडि छन् । 

यो अवधिसम्म कमाउने कम्पनीको संख्या मात्रै ४ रहेको छ । बाँकी सबै समूहका सेयरधनीले गुमाएका छन् । 

आरएसडिसी लघुवित्त, शिखर इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स जस्ता कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा घटिसकेको छ ।