काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार कृषि विकास बैंक लिमिटेडको ५४ लाख बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ।

बैंकले सेयरधनीहरुलाई वितरणको ५४ लाख ९ हजार ३१७.३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश थियो।