काठमाण्डौ । नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। १२.०१ अंकले घटी बजार परिसूचक १३८२.०२ को विन्दूमा सीमित बन्न पुुगेको हो । परिसूचकमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम भने केही बढेको छ ।
यो दिन व्यापार र बित्त समूह बाहेक अन्य सबै समूहको सूचक घटेका छन् । मंगलबार सबै समूहको सूचक घटेका थिए ।
व्यापार समूह ३.२ र बित्त समूह ४.३३ अंकले बढे । यस्तै, बैकिंग समूह १०.५, बिमा समूह ८३.०५, विकास बैंक समूह ६.५७, जलविद्युत समूह १.६३, होटल समूह १८.१३, उत्पादनमूलक १६.२९, माइक्रोफाइनान्स समूह १५.९१ र अन्य समूह ९ अंकले घटे ।
यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.६६ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.९१ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका ७ लाख ४२ हजार १० कित्ता सेयर २६ करोड ५५ लाख ६६ हजार ७ सय ३३ रुपैयाँमा किनबेच भएको छ ।
एफपीओ निश्कासनको प्रस्ताव गरेको नेपाल बैंक लिमीटेडको सेयर सबैभन्दा धेरै कारोबार भयो । यो बैंकले ५ करोड १८ लाख बढीको कारोबार गर्यो ।
यस्तै, सिभिल बैंकले १ करोड १ लाख, नेपाल लाइफले ९२ लाख, नवील बैंक ७९ लाखको हाराहारीमा कारोबार गरे । यस्तै, सानिमा माइ हाइडोले ७८ लाख, भएरेष्ट बैंकले ६७ लाख, एनसीसी बैंकले ६४ लाख, फरवार्ड माइक्रोफाइनान्सले पनि ६४ लाख, इन्भेष्टमेन्ट बैंकले ६० लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.१६ प्रतिशतले बढ्यो । यस्तै, सूर्योदय लघुवित्तको सेयर मूल्य पनि ६ प्रतिशतले वृद्धि भयो ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको मूल्य ४.१८ प्रतिशतले घट्यो । समीट माइक्रोफाइनान्सको मूल्य पनि ४ प्रतिशत घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago