काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबी बैंक लिमिटेडको ‘७ प्रतिशत एनएमबी डिबेन्चर २०७७’ सूचीकरण आइतबार खारेज भएको छ।
यो बैंक ऋणपत्रको समावधि गत भदौ ५ गते परिपक्व भएको थियो। सोहीअनुसार बैंकले नेप्सेमा सूचना पठाउँदै सूचीकरणका कारण आग्रह गरेको थियो।
सोही आग्रहबमोजिम नेप्सेले एनएमबी डिबेन्चर २०७७ को सूचीकरण खारेज गरेको हो। बैंकले रु. १ हजार अंकित दरका ५ लाख इकाइ अर्थात रु. ५० करोडबराबरको ऋणपत्र निष्कासन गरेको थियो।
ऋणपत्र परिपक्व भएसँगै बैंकले भदौ ६ गतेदेखि नै ऋणपत्रधनीहरुलाई ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लन आउन आह्वान गरिसकेको छ।
बैंकले ऋणपत्रधनीहरुलाई ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्ना सम्पूर्ण प्रमाणपत्रहरु÷ब्याज भुक्तानी पुर्जाहरु सक्कल प्रतिका साथै आफ्नो परिचय खुल्ने कुनै आधिकारिक परिचयपत्रको सक्कल प्रति अनिवार्य रुपमा पेस गर्न अनुरोध गरेको छ।
यदि आफू स्वयं उपस्थित हुन नसक्ने हो भने अन्य व्यक्तिमार्फत ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी चेक संकलन गर्न चाहने ऋणपत्रधनीहरुले रितपूर्वक मन्जुरीनामा प्रदान गरी त्यस्ता व्यक्तिमार्फत भुक्तानी चेक संकलन गर्न सक्ने बैंकले स्पष्ट पारेको छ। मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिले अनिवार्य रुपमा ऋणपत्रधनीको नागरिकता र आफ्नो आधिकारिक परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रुपमा पेस गर्नुपर्ने बैंकले जनाएको छ।
एनएमबी बैंकमा रहेको खातामार्फत ब्याज भुक्तानी लिँदै आएका ऋणपत्रधनीहरुले प्राप्त गर्नुपर्ने ऋणपत्रको साँवा र ब्याज भुक्तानी सोही खातामा जम्मा हुने बैंकको भनाइ छ। ऋणपत्रको साँवा तथा ब्याज खाताबाट निकाल्नुअघि भने बैंकमा सक्कल ऋणपत्रको प्रमाणपत्र तथा ब्याज पुर्जा बुझाउन पनि आग्रह गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago