काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले विभिन्न विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मागको स्पष्टीकरणको जबाफ पठाएको छ।
निफ्रालाई नेप्सेले बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने, लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुनेलगायतका विषयमा एउटा अनलाइन मिडियामा प्रकाशित समाचारका विषयमा गत चैत ४ गते पत्र पठाउँदा स्पष्टीकरण माग गरेको थियो। सोही पत्रको जबाफ निफ्राले नेप्सेमा पठाएको थियो।
स्पष्टीकरण पत्रमा निफ्राले ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्रकै एउटा हिस्सा रहेको र बैंकले आफ्नो वार्षिक प्रतिवेदनहरु र साधारण सेयर निष्कासनका लागि तयार गरिएको विवरणपत्रमा समेत यसअघि नै उल्लेख गरिसकेको जानकारी गराएको छ। यसका साथै नेप्सेमा बैंकको सेयर सूचीकरण हुनुअगावै बन्ड जारी गर्न प्रचलित व्यवस्थाबमोजिम बैंकले सम्बन्धित नियमनकारी नियकायबाट लिनुपर्ने केही सहमति तथा स्वीकृतिहरु लिइसकिएको पनि पत्रमा स्पष्ट पारिएको छ।
यसलाई अन्तिम रुप दन चाहिने थप सहमति र स्वीकृतिहरु लिँदै छिटै तोकिएको ब्याजदरमा बन्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेन्जमा सूचीकृत गराउने गरी बैंक अगाडि बढिरहेको पत्रमा उल्लेख छ।
लाभांशका विषयमा बैंकले आफ्नो सार्वजनिक सेयर निष्कासनका क्रममा प्रकाशित गरेको विवरणपत्रमा आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको पनि पत्रमा स्पष्ट पारिएको छ। लाभांश वितरणसम्बन्धी निर्णय सञ्चालक समितिको बैठक, सम्बन्धित नियमनकारी निकायहरुको स्वीकृति एवं वार्षिक साधारणसभाको निर्णयमार्फतमात्र हुने हुँदा यस विषयमा सोहीअनुरुप हुने पत्रमा उल्लेख छ।
निफ्राको पत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago