काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग स्पष्टीकरण मागेको छ।
नेप्सेमा गत माघ १० गतेसम्म नियमित तथा सामान्य उतारचढावमै एनसीसी बैंकको सेयर कारोबार भइरहेकोमा अचानक आज कारोबार प्रणालीमा उच्च खरिदचाप देखिएकोले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भएमा त्यससम्बन्धी जानकारी पठाउन नेप्सेले एनसीसी बैंकलाई निर्देशन दिएको हा। नेप्सेले पठाएको पत्र प्राप्त भएको मितिले ३ कार्यदिनभित्र जबाफ उपलब्ध गराउन पनि नेप्सेले निर्देशन दिएको छ।
आज यो बैंकको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। आज एकैदिन यो बैंकको सेयरमूल्य प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६४ रुपैयाँ पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19