काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र मूल्यमा प्रभाव पार्ने खालका सूचना सम्प्रेषण गरेको भन्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई स्पष्टीकरण सोधेको छ।
हालै एउटा अनलाइन पत्रिकामा प्रकाशित समाचारलाई लिएर नेप्सले निफ्रासँग चित्तबुझ्दो जबाफ माग गरेको हो। त्यस अनलाइन पत्रिकामा निफ्राले ३० मिलियन डलरको बन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने भनेर प्रकाशित समाचारप्रति नेप्सेको ध्यानाकर्षण भएको हो।
चालु आर्थिक वर्षभित्रै ८.५ प्रतिशतको ब्याज तोकी निफ्राले बन्डा जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने भन्ने समाचारको सत्यताका विषयमा प्रस्ट पार्न नेप्सेले निर्देशन दिएको छ। निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा के–कस्तो छलफल भएको, इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको इन्स्योरेन्स बन्डका सम्बन्धमा कस्तो छलफल अघि बढाएको र कम्पनीले मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायलाई जानकारी नगराई के–कति कारणले प्रचार गरिएकोजस्ता विषयमा नेप्सेले स्पष्टीकरण सोधेको छ।
नेप्सेले ३ कार्यदिनभित्र चित्तबुझ्दो जबाफ पठाउन निफ्रालाई निर्देशन दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago