काठमाण्डौ । नेप्से परिसूचकले आज आइतबार ऐतिहासिक उचाइ चुमेको दिन लगानीकर्ताहरु सम्पत्ति पनि ३६ अर्ब रुपैयाँले बढेको छ।

आज परिसूचकले २५.७१ अंकले बढेर २६५७.६२ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत फागुन ९ गते नेप्से २६४० को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च थियो। 

नेप्सेले ऐतिहासिक उचाइ चुम्दा कुल बजार पुँजी पनि एकैदिन ३६ अर्बले बढेर ३६ खर्ब ७१ अर्ब रुपैयाँको भएको छ। आज लगानीकर्ताहरुको सम्पत्ति एकैदिन ३६ अर्ब रुपैयाँले बढेको छ। गत बिहीबार कुल बजार पुँजीकरण ३६ खर्ब ३५ अर्ब रुपैयाँबराबरको थियो।