काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि कम्पनीहरुसँग आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ। 

नेप्सेले आज एक सूचना जारी गर्दै सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने भएकोले आवश्यक विवरण उपलब्ध गराउन कम्पनीहरुसँग आग्रह गरेको हो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १ बमोजिम नेप्सेले हरेक वर्ष सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्दै आएको छ।

यसपालि पनि यही फागुन २३ गतेसम्म कार्यालय समयभित्र प्राप्त हुने गरी वा ष्कितष्लन२लभउबकितयअप।अयm मा ई–मेलमार्फत विवरण उपलब्ध गराउन नेप्सेले आग्रह गरेको छ। यसका साथै वर्गीकरण आवश्यक विवरणको ढाँचा पनि नेप्सेले तयार पारेको छ। 

यस्तो छ ढाँचा–