काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले वैशाख २५ गते जारी गरेको आगामी जेठ १ गतेदेखि शुक्रबारसमेत सेयर कारोबार सञ्चालन हुने निर्णयसम्बन्धी सूचना सच्चाएको छ। 

नेप्सेले आज अर्को सूचना प्रकाशित गर्दै यसअघि वैशाख २५ गते जारी सूचना सच्चाइएको जानकारी गराएको हो। यसअघिको सूचनामा नेप्सेले मन्त्रिपरिषदको गत वैशाख २५ गते बसेको बैठकको निर्णयअनुसार जेठ १ गतेदेखि नै साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार सेयर बजारमा कारोबारका दिनमा पनि फेरबदल भएको जानकारी दिएको थियो। 

यद्यपि मन्त्रिपरिषदको उक्त बैठक वैशाख १३ गते बसेको थियो। नेप्सेले आज सूचना जारी गर्दै मन्त्रिपरिषद् बैठक बसेको मितिमा भएको त्रुटि सच्चाएको हो। 

नेप्सेको अघिल्लो सूचनामा सञ्चालक समितिबाट शुक्रबारसमेत बजार खुल्ने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार गर्न गराउन ब्रोकर, लगानीकर्ता र सरोकारवालालाई आग्रह छ।