काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख कित्ता बढी सेयर आज कात्तिक २३ गतेबाट लिलामीमा राखिएको छ।

नेरुडेको संस्थापक समूहको १ लाख १३ हजार ५०० कित्ता सेयर लिलामीमा राखिएको छ। लिलामीमा सेयरमा सर्वसाधारण व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिालमीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

आवेदन दिँदा न्यूनतम १ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाण्डौ पुतलीसडकस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर १ गते बैंकिङ समयसम्म तोकिएको छ।