काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी चैत १५ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले आफ्नो ३० औं वार्षिक साधारणसभा काठमाण्डौको लाजिम्पाटस्थित आफ्नै प्रधान कार्यालय रहेको भवनमा आह्वान गरेको हो ।
साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको १३.५ प्रतिशत बोनस सेयर र १ करोड ८८ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
यसैगरी, जारी पूँजी बढाएर ४ अर्ब पुर्याउने, दुई खालका संस्थापक समूहलाई मर्ज गरी एउटैमा रुपान्तरण गर्ने, २०७३/७४ का लागि बित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरीक्षक नियुक्त गर्ने र संचालकहरुको भत्ता सुविधामा समेत संसोधनको अजेण्डा समेत साधारणसभामा पेश हुने बताइएको छ ।
यो कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत १ गतेदेखि बुक क्लोज गरेको थियो । यसको अर्थ फागुन ३० गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा यो मितिसम्म सेयरधनी कायम भएकाहरु मात्र बोनस सेयर पाउन र साधारणसभामा सहभागी हुन सक्नेछन् ।
घोषित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ३ अर्बको उचाईमा पुग्नेछ ।
यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि लाभांश घोषणा गर्न र यो वर्षका लागि साधारणसभा गर्न भने बाँकी नै छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago