काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ।
संस्थाले यही जेठ १६ गतेबाट कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। यो लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकाही व्यक्ति, कम्पनी र संघसंस्थाहरुले खरिद गर्न बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिने सेयरको न्यूनतम १ हजार २२ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ। अधिकतम सेयर संख्याका लागि कुन हद लाग्ने छैन।
बोलपत्र काठमाण्डौको लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ ३० गतेसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19