काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २१ हजार बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। 

संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको २१ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । जसमा संस्थापक सेयरधनी नरेश नेपालको १३ हजार ४२० कित्ता, शंकर गिरीको ६ हजार ३३५ कित्ता र गंगालक्ष्मी अवालको १ हजार ५०० कित्ता छन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य १ हजार ११५ रुपैयाँ तोकिएको छ। यसको अर्थ न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन पेस गर्नुपर्नेछ। 

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै सर्वसाधारणहरुले पनि खरिद आवेदन पेस गर्न सक्नेछन्। 

खरिद आवेदन १५ दिनभित्र संस्थाको धादिङको धादिङबेसीस्थित केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।