काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ को बोनस सेयरका लागि नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उक्त आर्थिक वर्षको बोनस सेयरका लागि नेसनल लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ६४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १ हजार १७० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
कम्पनी सञ्चालक समितिले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतले हुन आउने ३० करोड ८२ लाख ६२ हजार ६५५ रुपैयाँबराबर बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।
प्रस्तावित लाभांश अनुमोदनका लागि कम्पनीले आउँदो माघ १५ गते वेबिनारमार्फत ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाण्डौ लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आज शुक्रबार (माघ २ गते)देखि माघ १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २९ गतेसम्म सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19