काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बेच्ने भएको छ।
संस्थाले यी चैत ३१ गतेबाट ८० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिने सेयरमूल्य प्रतिकित्ता न्यूनतम १ हजार ६०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा कुनै हद लाग्ने छैन। बोलपत्र काठमाण्डौको लाजिम्पाटस्थित एनआईबीएल एस क्यापिटल लिमिटेडमा पेस गर्नुपर्नेछ।
बोलपत्र पेस गर्नु अन्तिम मिति आउँदो ३ गतेसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19