काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ता संस्थापक सेयर आज मंगलबारबाट लिलामीमा राखेको छ।
कम्पनीले लिलामीमा राखेको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ६०० रुपैयाँ तोकेको छ। यसको मतलब लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सबै कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालय पेस गर्नुपर्नेछ।
लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन्। बोलपत्र आउँदो जेठ ३ गते बैंकिङ समयसम्म दिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago