काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीयी संस्थाले आज साउन १७ गतेबाट संस्थापक समूहको सेयर लिलामीमा राखेको छ।
संस्थाले संस्थापक समूहको कुल ६५ हजार ७६० कित्ता सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा इच्छुक जोकाही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्ने छन्।
लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतम कित्ताका लागि भने हक लाग्ने छैन।
लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ टेकुस्थित कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र आगामी साउन ३१ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19