काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर आज भदौ २४ गतेबाट बिक्रीमा राखिएको छ। 

संस्थाको ६२ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीले मात्रै बोलपत्र पेस गर्न पाउनेछन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १०० र अधिकतममा १०ले भाग जारी गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

बोलपत्र आगामी असोज २७ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र काठमाण्डौको लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलमा बुझाउनुपर्नेछ।