काठमाण्डौ। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपीडी सेवा सञ्चालन हुने भएको छ।
कात्तिक २७ गते शनिबारका दिन पाचनप्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई फोकस गरी निःशुल्क ओपीडी सञ्चालन हुन लागेको हो।
नर्भिक अस्पतालका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट तथा डाइजेस्टिभ डिजिज सेन्टरका विभागीय प्रमुख डा.सन्दीपराज कुँवरले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ। यही सेवाअन्तर्गत शनिबार १० देखि १२ बजेसम्म डा. कुँवरले निःशुल्क सेवा दिन लागेका हुन्।
सर्वसाधारणको निःशुल्क ओपीडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ।
निःशुल्क ओपीडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19