काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिलामा लगातार गिरावट आइरहेको छ। 

पछिल्लो २४ घन्टामा भारतमा १ लाख ५२ हजार ६३४ जनामा संक्रमित पुष्टि भएको छ। यो एक दिनको संख्या पछिल्लो ५० दिनयताकै कम हो।

यो अवधिमा २ लाख ३८ हजार २२ जना संक्रमित निको भएका छन् भने ३ हजार १०० भन्दा बढीको मृत्यु भएको छ।

हालसम्म भारतमा २ करोड ८० लाख ४७ हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ करोड ५६ लाख ९२ हजार ३४२ जना निको भएका छन्।

हाल भारतमा सक्रिय संक्रमितको संख्या घटेर २० लाख २६ हजार ९२ मा सीमित बन्न पुगेको छ। 

हालसम्म भारतमा ३४ करोड ४८ लाख बढीको कोरोना परीक्षण भइसकेको छ। अहिलेसम्म भारतमा २१ करोड ३१ जनाले कोरोनाविरद्धको खोप लगाइसकेका छन्।