काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोको आइपीओ साउन ११ गते(शुक्रबार) बिहान बाँडफाँड हुने भएको छ। 

सेयर निश्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका मर्चेन्ट बैकिंग हेड विजेन्द्र प्रधानका अनुसार शुक्रबार बिहान १० बजे काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटल परिसरमा आइपीओ बाँडफाँड हुने छ । 

उनका अनुसार १ लाख ५० हजार भन्दा बढी आवेदकले १ करोड भन्दा बढी कित्ताका लागि आवेदन दिएका छन् । यीमध्ये १ लाख १ सय आवेदकले मात्र १० कित्ताको दरले आइपीओ पाउनेछन् । भाग्यमानीको छनौट गोलाप्रथाबाट गरिनेछ । यो कम्पनीले आफ्ना कर्मचारी र म्युचुअल फण्डलाई सुरक्षित गरेबाहेक सर्वसाधारणका लागि मात्रै १० लाख १ हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । 

कम्पनीले साउन १ गतेदेखि खुलाएको आइपीओमा साउन ६ गतेसम्म आवेदन दिनसकिने व्यवस्था मिलाइएको थियो । कुल ११ लाख कित्ता आइपीओमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ५५ हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिसकिएको छ ।