काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडले पञ्चकन्या माई हाइड्रोको आइपीओ बाँडफाँड गरेको छ। 

कमलपोखरीस्थित क्यापिटल परिसरमा आइपीओ बाँडफाँड गरिएको हो । 

आइपीओमा रितपूर्वक आवेदन दिने १ लाख ४६ हजार ३ सय ८९ आवेदकहरुमध्ये गोलप्रथाबाट १० कित्ताको दरले १ लाख १ सय आवेदकलाई सेयर बाँडफाँड गरिएको छ ।

पञ्चकन्या हाइड्रोका कर्मचारीका लागि ४४ हजार र म्युचुअल फण्डहरुका लागि ५५ हजार कित्ता सुरक्षित गरिएपछि सर्वसाधारणका लागि १० लाख १ हजार कित्ता राखिएको थियो । यही कित्तालाई गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । 

यसको अर्थ आवेदन दिनेमध्ये ४६ हजार २ सय ८९ आवेदक रित्तो हात भएका छन् । 

पञ्चकन्या हाइड्रोले साउन १ गतेदेखि ४ गते आइपीओ निश्कासन गरेको थियो । सो क्रममा १ करोड ८४ हजार ७ सय ३० कित्ताका लागि आवेदन परेको थियो ।