काठमाण्डौ । सेयर बजारमा आज कारोबार खुलेको १५ मिनेटभित्र १ अर्बको कारोबार भएको छ । 

धेरै लामो समयपछि छोटो समयमै यति ठूलो कारोबार भएको हो । 

प्रिओपन सेसनमा २५.५५ अंकले बढेको बजार आज खुलेदेखि केही बढेर घट्यो । त्यसपछि फेरि बढेर पुनः घट्यो । 

घटबढको श्रृंखलाले किन्ने र बिक्री गर्नेबीच राम्रै प्रतिस्पर्धा चलिरहेको देखिन्छ । हिजो बढेका कारण थोरै भए पनि प्रफिट बुक गर्ने र आज अझै किनेर भविष्यमा राम्रो रिटर्न लिन चाहनेबीच किनबेचको दोहोरी नै चलेको छ । यहीकारण बजारमा छिटो छिटो घटबढको श्रृंखला बन्दै गएको छ ।