काठडमाण्डौ। पब्जी मेबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टुर्नामेन्ट २०२२ मा मंगोलियाको स्टाल्वार्ट ईस्पोर्ट्स विजयी भएको छ भने नेपालका दुई टोली ट्रेन्ड टु किल र ज्यानमारा क्रमशः दोस्रो र तेस्रो भएका छन्।
प्रतियोगितामा दक्षिण एसियाभरका पब्जी मोबाइल टोलीहरूले १ लाख ५० हजार डलरको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए। चार दिनको यस प्रतिस्पर्धामा दक्षिण एसिया र पीएमपीएल पाकिस्तानबाट छानिएका उत्कृष्ट टोलीहरु सहभागी थिए। प्रतियोगितका लागि छनोट भएका १० टोलीमा मंगोलियाका स्टालवार्ट इस्पोर्ट्स, आईएचसी इस्पोर्ट्स र सिल इस्पोर्ट्स, नेपालबाट डेडआइज गाइज, ट्रेन्ड टु किल, ज्यानमारा, स्काइलाइटज् गेमिङ, डीआरएस गेमिङ र हाई भोल्टेज तथा दक्षिण एसियाको बाँकी भागबाट फ्यान्टम एस्पोर्ट रहेका थिए। पीएमपीएल पाकिस्तानबाट ५२एक्सरेज, टिम टफ, साल्टसी८ इस्पोर्ट्स, द ग्राउन्डर्स, आर३जीसाइड र फ्री स्टाइल सहभागी थिए।
प्रतियोगितामा २४ वटा म्याच भएका थिए। स्टाल्वार्ट ईस्पोर्ट्सले कुल ५० अंक प्राप्त गर्दै च्याम्पिपयन भएको थियो भने ट्रेन्ड टु किलले अन्तिम म्याचमा दोस्रो बन्न सफल भएको थियो। यस्तै ज्यानमाराले तेस्रो स्थान हासिल गर्यो भने आई८ इस्पोर्टस् र सिल इस्पोर्टसले क्रमशः चौथो र पाँचौं स्थान हासिल गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19