काठमाण्डौ। लगातार गिरावट देखिएको नेप्से परिसूचकमा आज बुधबार उछाल आएको छ।
हिजो मंगलबार लगातार नकारात्मक सर्किट लागेर करिब २ घन्टा समय बाँकी रहँदै कारोबार बन्द भएर त्रसित बनेका लगानीकर्तामा आज पुनः उछाल आएपछि बजारप्रति मनोबल उकासिएको छ।
हिजो मंगलबार नेप्से परिसूचक एक महिनाअघिकै विन्दुमा आइपुग्दा सूचीकृत कम्पनीका सेयरमूल्यमा भएको अत्याधिक गिरावटको फाइदा उठाउँदै संस्थागत लगानीकर्ताहरुको आक्रामक खरिदचाप पर्दा आज बुधबार नेप्से परिसूचक भारी मात्रामा वृद्धि भएको हो। आज नेप्से परिसूचक हिजोको तुलनामा ७३.७८ अंकले वृद्धि हुँदै १४२३.०९ को विन्दुमा पुगेको छ।
नेप्से परिसूचक १६ सय विन्दु पार गर्दा प्रफिट बुक गरेका संस्थागत र ठूला लगानीकर्ताहरुले घटेको सेयरमूल्यमा पुनः दोस्रो बजारबाट सेयर उठाउने जमर्को गरेका कारण नेप्से फेरि बौरिएको हो।
सूचीकृत कम्पनीका सेयरमूल्यमा भारी गिरावट आउँदा बढ्दो बजारमा नाफा बुक गर्ने आशा र लोभमा लगानीकर्ताहरुले हाल राम्रा र बलिया कम्पनीमा खरिदचाप बढाउँदा सेन्सेटिभ इन्डेक्समा समेत उल्लेख्य वृद्धि देखिएको छ। जसका कारण राम्रा र बलिया कम्पनीका सेयरमूल्यमा उछाल आउँदा सेन्सेटिभ इन्डेक्समा करिब ५ प्रतिशतले बढेर ३०४.६९ को विन्दुमा पुगेको छ।
कोरोनाभाइरसको हौवा दिँदै सेयर घटाएर किन्ने चलाख लगानीकर्ताहरुलाई आजको बजारले निकै राम्रो झापड हानेको छ। सानो सेन्टिमेन्टमा पनि आत्तिने र मात्तिने लगानीकर्ताको मनोविज्ञानलाई आजको बजारले आशा जगाएको लगानीकर्ताहरुको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका ११ वटा समूहमा हरियाली छायो भने एउटामात्र रातो पोतियो।
यो दिन सबैभन्दा धेरै व्यापार समूहमा देखियो। यो समूहमा ८.३ प्रतिशतको उछाल आयो। निर्जीवन बिमा समूहमा ७.५८ प्रतिशको बढोत्तरी देखिएको यो दिन जीवन बिमा समूहमा ६.७ प्रतिशतको चमक देखियो।
यसैगरी बैंकिङ समूहमा ५.७८ प्रतिशत, होटेल्स् समूहमा ६.०७ प्रतिशत, विकास बैंक समूहमा ४.११ प्रतिशत, जलविद्युत् समूहमा ५.०१ प्रतिशत, वित्त समूहमा ३.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ४.०२ प्रतिशत, अन्य समूहमा २.८४ प्रतिशत र लघुवित्त समूहमा ५.३३ प्रतिशतको बढोत्तरी भयो।
आज म्युचुअल फन्ड समूहमा ०.७५ प्रतिशतको गिरावट देखियो।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता सेयर २ अर्ब २२ करोड १० लाख ८१ हजार ६९० रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सले उच्च कारोबार गर्न सफल भयो। यो कम्पनीको मात्र २३ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो।
एनआईसी एसिया बैंकले १४ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले १२ करोड २१ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीले ११ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार गर्न सफल भए।
यसैगरी नबिल बैंकको ६ करोड ६४ लाख रुपैयाँ, शिवम् सिमेन्टको ५ करोड ७३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ५ करोड २९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको ४ करोड ७३ लाख रुपैयाँ, एभरेस्ट बैंकको ४ करोड ६९ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ४ करोड ५७ लाख रुपैयाँबराबरको कारोबार भयो।
धेरै कमाउने र गुमाउनेहरु
यो दिन १४ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लाग्यो।
आज एसटीसी, लक्ष्मी लघुवित्त एभरेस्ट इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको उछाल आयो।
त्यस्तै नेको इन्स्योरेन्स, सबैको लघुवित्त, युनाइटेड इन्स्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट, महिला सहयात्री लघुवित्त, युनाइटेड फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरमूल्यमा १० प्रतिशत हाराहारीमा वृद्धि भयो।
यो दिन हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीले गिरावट आयो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago