काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग उनको कार्यकक्षमा भेट गरी पर्यटन क्षेत्रले कोभिड १९ को कारणबाट व्यहोरिरहेको समस्याका बारेमा छलफल भएको छ । परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति थियो ।
छलफलमा वर्तमान अवस्थामा पर्यटन क्षेत्र धरासायी बन्दै गएकोले यसलाई संकटबाट उठाउनको लागि सरकारले विशेष व्यवस्थाहरु गर्नुपर्ने धारणा परिसंघले राखेको थियो । अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने र होटलहरुलाई गुणस्तर र सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरी क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाउनको लागि प्रोत्साहन गर्नु पर्ने धारणा परिसंघले राखेको थियो ।
त्यसैगरी उड्डयन क्षेत्र विगत ६ महिनादेखि नराम्ररी प्रभावित भएकोले यसमा आवद्ध लगानीकर्ताहरु निरास भइरहेका छन् । रोजगारीको ठूलो हिस्सा ओगटेको उड्डयन क्षेत्रमा देखिएको अन्योलता र सो क्षेत्रका जायज मागहरुलाई सरकारले अविलम्ब सम्बोधन गर्नुपर्ने माग परिसंघले राखेको छ ।
हाल उड्डयनमा सरकारले तोकेको यात्रु संख्या र सो यात्रु संख्याको आधारमा तोकिएको भाडादर समय सापेक्ष र व्यवहारिक नभएकोले यसलाई पुनरविचार गरी पुनः दर निर्धाण गर्न मन्त्री समक्ष अनुरोध गरेको छ ।
त्यसैगरी विदेशबाट आउने पर्यटकलाई हाल चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने सम्बन्धमा छलफल भयो । त्यसैगरी मन्त्री भट्टराईले कुनै पनि बाहिरबाट नेपाल आउने नागरिकले विगत ७२ घण्टा भित्र पीसीआर टेष्ट गरी रिपोर्ट नेगेटिभ भएको यात्रुलाई सहज रुपमा गन्तव्यसम्म जाने व्यवस्था सरकारले गरेको बताए ।
पर्यटन तथा उड्डयन व्यवसाय र यसमा आवद्ध कर्मचारी तथा मजदुरहरु नराम्ररी प्रभावित भएकोले यसलाई गम्भीरतापूर्वक लिनको लागि परिसंघले मन्त्री समक्ष अनुरोध गरेको छ । पर्यटन तथा उड्डयन क्षेत्रले व्यहोर्नु परेका समस्याहरुमा केन्द्रित भई परिसंघले आगामी आइतवार पर्यटन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग वेबिनारको आयोजना समेत गर्ने भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago