काठमाण्डौ । नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा दिपक काफ्लेलाई स्वागत गरेको छ ।

कोशी प्रदेश सचिवका रुपमा रहेका डा काफ्ले केहि दिन अघिमात्रै मन्त्रालयमा सरुवा भएर आएका थिए । 

पर्यटन बोर्डमा बुधबार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले उनलाई स्वागत गरेका हुन् ।

उक्त अवसरमा बोल्दै मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष काफ्लेले नेपाल गौतमबुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथा जस्ता विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य भएको मुलुक भएको उल्लेख गर्दै प्रभावकारिरुपमा नेपालको बजारिकरण गर्न सके यसबाट प्रशस्त लाभ दिन सकिने बताए । 
 

यस्तै उनले पर्यटन बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सधंै सकारात्मक रहने पनि बताए ।
 

बोर्डका कार्यकारी प्रमुख रेग्मीले कोभिडपछि नेपालको पर्यटन विस्तारै लयमा फर्किदै गएको जानकारी दिँदै पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाहरुबीच सहकार्य आवश्यक भएको बताए ।

सो अवसरमा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, धर्म दवाडी तथा सुदन सुवेदीले आफ्ना धारणा राखेका थिए ।