काठमाण्डौ । पर्सा जिल्लामा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितहरु सबै सम्बन्धित पालिकाहरुमा निर्मित क्वारेन्टाइनका बसिरहेका हुन्।
ती सबैलाई वीरगञ्जस्थित नारायणी अस्पताल र गण्डक कोभिड अस्पतालको आइसोलेसनमा राखिने बताइएको छ।
संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएकाहरु छन्। भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएका, र अन्य शंकास्पद संक्रमितलाई क्वारेन्टाइनमा राख्ने गरिएको जिल्ला पशासन कार्यालयले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago