– भक्तराज रसाइली
काठमाण्डौ । देशको अस्थिरतामा सम्भावना नखोजी पलायान भएका नेपालीहरु विदेश भन्नेबित्तिकै मरिहत्ते गर्छन् । उता विदेशमा रहेका नेपालीहरु भने स्वदेशमै सम्भावना देख्छन् । यस्तै अस्थिरमा सम्भावना देखेर बेलायतबाट फर्केका एक युवाको संघर्षलाई यो साता तपाइँहरुसामु ल्याएका छौँ ।
रेडमड कफी नामक रेष्टुराँ व्यवसायका मालिक प्रवेश हुमागाईंको नेपालदेखि बेलायतसम्मको यात्रा र बेलायतबाट पुनः नेपालमा आई थालेको व्यवसाय निकै रोचक छ । सन् २००६ मा प्रवेश एसीसीए पढ्ने सिलसिलामा बेलायत पुुगेका थिए ।
बेलायतकै चेन रेष्टुराँ नान्डोस रेष्टुराँ विश्वभरि ३०० बढी शाखा छन् । सोही रेष्टुुराँमा सुुपरभाइजरबाट ६ महिनामै बढुवा भई मेनेजर रहेका उनी वार्षिक तलब ४२ हजार पाउन्ड थाप्थे ।
प्रवेश विराटनगरका स्थायी बासिन्दा हुन् । हाल उनी पेप्सीकोलामा बस्छन् । बुवा आयातनिर्यातका व्यवसायी भएकाले काठमाण्डामै उनको प्रारम्भिक शिक्षा लिए पनि एसएलसी भने विराटनगरबाट दिए ।
ए लेभल जेभियर इन्टरनेसनल कलेजमा पढ्न पुनः प्रवेश काठमाण्डौँ फर्किए । ए लेभल उत्तीर्ण गरेपछि काठमाण्डौमै यूके बोर्डको सीए पढ्न थाले । पहिलो सीएटी कोर्स पढेर उनले बेलायत जाने र बाँकी अध्ययन उतै पूूरा गर्ने सोच बनाए । त्यसो त क्रिकेट र फुुटबल टिम चेल्सीलाई हेर्ने बच्चैदेखिको चाह र मोहले आफू बेलायत गएको उनी सम्झन्छन् ।
त्यहाँ पुुगेपछि विभिन्न ठाउँमा काम गर्दै पढ्न थालेका प्रवेशले अकाउन्ट विषयमा स्नातक त सके तर सीए पढ्ने चाहना भने जागेन । विभिन्न क्षेत्रमा काम गर्दागर्दै नान्डोज रेष्टुुराँमा काम गर्न पुुगेका उनले त्यो रेष्टुराँमा भएको कल्चर राम्रो लाग्यो । कर्मचारी र ग्राहक तथा कर्मचारी र व्यवस्थापनबीच घनिष्ठ र मैत्रीपूूर्ण व्यवहारले उनलाई काम गर्न थप रमाइलो त भयो नै रेष्टुराँ व्यवसाय कसरी चलाउने भन्ने अनुुभवसमेत हासिल भयो ।
२० वर्षकै कलिलो उमेरमा बेलायत छिरेका प्रवेशले त्यहाँ विलासी तथा रमाइलो जीवन व्यतीत गरे । तर नेपालको न्यास्रो भने जहिले लागिरहने कारणले स्वदेश फिर्ता हुन उनलाई घच्घचायो । अन्ततः उनी ३ दिनभित्र निर्णयमा पुुगी नेपाल फर्के ।
सन् २०१२ ताका नेपालमा राजनीतिक अस्थिरतामै सम्भावना देखेर प्रवेश नेपाल फर्केका थिए । ‘व्यवसाय अस्थिर माहौलमा नै सहज हुुन्छ र धेरै सम्भावना पनि हुुन्छ’, उनी भन्छन्, ‘स्थिरतामा जागिर गर्नु तर अस्थिरतामा चाहिँ व्यवसाय यो मेरो जिन्दगीको विश्वास हो ।’
बेलायतबाट नेपाल फर्किंदा १ महिना रमाइलो नै गरी बिताएका प्रवेशलाई दोस्रो महिनादेखि १ वर्ष त तनाव नै भयो रे । ‘म ठोकुवासाथ भन्छुु काठमाण्डौ त यूकेभन्दा महँगो ठाउँ हो’, उनी भन्छन् ।
व्यवसाय गर्दा नेपालमा बैंकहरुले सहजै ऋण नदिने सिस्टमबाट भने प्रवेश पनि दिक्क रहेछन् । ‘यूकेमा बिनाधितो व्यवसाय परियोजनाबाटै ऋण पाउने व्यवस्था छ तर यहाँ धितो नै’, उनले गुुनासो पोखे ।
आफूूसँग बचेको केही पैसा र परिवारबाट अलिकति पैसा जोरजाम गरेर उनका साथी आशीष अधिकारीसँग रेष्टुुराँ व्यवसाय गर्ने सोचका साथ दुवै थापाथलीमा रहेको कफी पोइन्ट १५ लाख रुपैयाँमा किन्न पुुग्छन् । कफी पोइन्ट भने नचलेर नै बेचिएको रहेछ ।
सन् २०१२ डिसेम्बरमा उक्त कफी पोइन्ट किनेपछि रेडमड कफी नामकरण गरियो । पहिलो दिन ४ हजार ५०० रुपैयाँको बिक्री भयो तर प्रवेशले हिम्मत हारेनन् । उनी आफैं किचेनमा खट्थे र आफैँ वेटर पनि गरे । त्यसो त अहिले पनि उनी किचेनभित्र छिर्छन् । कामलाई सानोतिनो ठान्दैनन् । दैनिक १२ घण्टा त हालसम्म निरन्तर रेडमड कफीकै लागि सक्रिय हुन्छन् ।
पछि व्यवसाय मौलाउँदै गयो । व्यवसाय थालेको डेढ वर्षमै दैनिक ८५ हजारको बिक्रीमात्र हुन थाल्यो । गरे के हुन्न भन्ने उदाहरण दिएका प्रवेशले २०७१ सालको अन्ततिर झम्सीखेलमा अर्को आउटलेट खोले । कमाइ बढ्दै गयो शाखा पनि थपिँदै गए । आउटलेट खोल्ने क्रम बढ्दै गयो ।
हाल गैह्रीधारा, बानेश्वर, यूएस एम्बेसीभित्र, मनाङ र धनगढीमा समेत रेडमड कफीका आउटलेट छन् । चाँडै फ्रेन्चाइज मोडलमा जाने गृहकार्य भइरहेको प्रवेश सुनाउँछन् ।
रेडमडबाट कमाएको पैसा पुुुनः अर्को आउटलेट खोल्नमै लगानी ओइराउँदै गएका प्रवेश आजको भोलि परिवर्तन नहुने तर धैर्यताले व्यावसायिक सफलता चुम्न सकिने बताउँछन् ।
रेडमड कफीमा प्रवेशले जमघट हुने तेस्रो ठाउँको नाम दिन रुचाउँछन् । ‘न घर न अफिस यो त तपाइँको तेस्रो ठाउँको परिकल्पना हो । हामी आवश्यक राम्रो माहौल दिन्छौँ, त्यसैले त युुवा बैंकर र विद्यार्थीहरुले औधी रुचाइदिएका छन्’, उनी दंग हुँदै भन्छन्, ‘सर्भिस इन्डस्ट्री भएकाले व्यहारमा पनि आधारित हुने गर्दछ ।’
त्यसो त बेलायती रेष्टुुराँ नान्डोजबाट पनि प्रभावित प्रवेश अझै सफल नभइसकेको सुुनाउँछन् । ‘अझै धेरै मेहनत गर्न बाँकी छ’, ३४ वर्षीय प्रवेश भन्छन्, ‘लगन, मेहनत र धैर्यताले मात्रै व्यावसायिक सफलता चुमिने मेरो भोगाइ र अनुुभवले सिकायो ।’
युवाहरुलाई अनुुभव लिनैका लागि भए पनि एकचोटि चाहिँ विदेश जान प्रवेश सुझाउँछन् । ‘सेटल हुुनलाई हैन, सिक्नलाई हामी विदेश जानैपर्छ अनि त्यहाँको इन्पुुट लिएर नयाँ काम गर्न सहज हुुन्छ’, उनले भने ।
१५ लाख बीउ पूूँजी अहिले प्रवेशले साढे ४ करोड रुपैयाँ पुुर्याइसकेका छन् । प्रत्यक्ष ५० जनालाई रोजगारी दिइरहेका उनले अप्रत्यक्ष रुपमा ३०० जनालाई रोजगारी दिलाइरहेका छन् । उनले नुवाकोट बट्टारका १५० किसानले वार्षिक ४ टन कफी आपूूर्ति गर्दै आइरहेका रहेछन् ।
प्रवेश समयमै नेपाल फर्केकोमा दंग छन् । सानो लगानी सानो जोखिमको अवधारणालाई पछ्याउँदै सानो लगानीबाट मनग्यै कमाइरहेका उनले जुवा र बिजनेसमा सानो मात्र धर्काको परिवर्तन हुुने जिकिर गरे ।
व्यवसायमा सामाजिक उत्तरदायित्व पनि हुुने बुुझेका प्रवेशले फ्रेन्चाइजमा १५ लाख रुपैयाँ सहकार्य गर्ने दाबी गरे । मासिक ६० हजार बढी कमाउने माहौल बनाइदिन तयार उनले बैंकको सहुुलियतपूूर्ण कर्जामा समेत मद्दत गर्ने बताए । करिब ५० जना युवाहरुलाई रेडमड कफीको फ्रेन्चाइज शुुल्क ५ देखि १० लाख रुपैयाँ निःशुुल्क गरिने उनले उद्घोष गरे ।
बेलायतमा हप्ताको ९५ घन्टा काम गरेर आएका प्रवेशले लगातार ५४ घण्टासम्म पनि खटेको स्मरण गरे । उनको त्यही मेहनत र अनुुभवले आज सफलता चुमेको छ । लगन, मेहनतका पर्यायवाची बनेका उनीजस्ता युुवाले मुुलुुकको अर्थतन्त्रमा थोरबहुुत बल पुुगेको छ ।
रेडमड कफीको आफ्नै बेकरीसमेत छ । बारिस्ता स्कुल पनि खोलिएको रेडमड कफी नै नेदरल्यान्डस्को एससीए (स्पेसल कफी एसोसिएन) बाट कफीसम्बन्धी पहिलो कफी हाउस भएको प्रवेशको दाबी छ । उनले १८ दिनको १५ हजारमा बारिस्ता कोस पढाइरहेका छन् ।
नेपालीहरुको मस्तिष्कमा उद्यमी बन्ने सोच जन्मजात रहेको प्रवेशको दाबी छ । सहज र कमिसन बेसमा काम गर्ने परिपाटीलाई त्याग्दै उत्पादनशील कार्य गर्न उनको आग्रह छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago